PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

करिनाको फ्यानको करामत : मोवाइल नम्बर पत्ता लगाउन इन्कम ट्याक्स खाता ह्याक गरे, जागिर पारे धरापमा



पहिलोपोस्ट

करिनाको फ्यानको करामत : मोवाइल नम्बर पत्ता लगाउन इन्कम ट्याक्स खाता ह्याक गरे, जागिर पारे धरापमा

करिना कपुरको फोन नम्बर पत्ता लगाउन भारतको एक अर्ध सैनिक संगठनका सदस्यले आफ्नो जागिरनै धरापमा पारेका छन्। करिनासँग एकपटक फोनमा कुरा गर्न करिनाका ती प्रशंसकले उनको इनकम ट्याक्स अकाउन्ट ह्याक गरेका थिए।

उनले करिनाको इनकम ट्याक्स अकाउन्ट ह्याक गरे पनि कुनै हानी भने पूर्‍याएनन् उल्टो करिनाको इनकम ट्याक्सको एक हिस्सा समेत भरिदियो।

करिनाको खातामा अनधिकृत रुपमा कोही प्रवेश गरेको सूचना आएपछि करिनाको चार्टर एकाउन्टेन्टले मुम्बई प्रहरीमा उजुरी दिएपछि ह्याकरको खोजीमा खटिएको प्रहरीले ती ह्याकरलाई फेला पारेको छ।

जव ती पक्राउ परे त्यसपछि किरनाको अकाउन्टमा अनधिकृत प्रवेशको लक्ष केवल उनको मोवाइल नम्बर पत्ता लगाउनु रहेको खुलेको थियो।
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell