PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

प्रहरीले आफै ​ग्राहक बनेर समाते नक्कली प्रमाण-पत्र बनाउने साइबर सञ्चालक



पहिलोपोस्ट

प्रहरीले आफै ​ग्राहक बनेर समाते नक्कली प्रमाण-पत्र बनाउने साइबर सञ्चालक

काठमाडौं : सादा पोशाकमा रहेका महानगरीय प्रहरी अपराध महाशाखाको टोली सामाखुसी रानीबारीको आइटीभेट टेक्नोलोजीमा पुगेर सञ्चालक विकास रम्तेलसँग एसएलसीको प्रमाणपत्र मागे । उनले सहजै एक हजार रुपैया मागे । प्रहरीले उनलाई हजार रुपैंया दिएको केही समयमै उनले एसएलसीको प्रमाण पत्र दिए ।

वैदेशिक रोजागरीको ठगीको उजुरीमा महाशाखाले ऐनबहादुर थापामगरलाई पक्राउ गर्दा प्रहरीले उनको साथवाट नक्कली प्रमाणपत्र फेला पारेको थियो। सोधपुछमा उनले साइबरबाट १ हजार रुपैंया तिरेर प्रमाणपत्र बनाएको खुलेपछि पुष्टिका लागी महाशाखाका प्रहरी टोलीले थापालाई संगै लिएर गएका थिए।

थापाले भनेको पुष्टि भयो । रम्तेलले सहजै नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिएपछि प्रहरीले उनी र उनीसँगै काम गर्ने  भगवान भण्डारीलाई पक्राउ गरेको छ। महाशाखाका अनुसार प्रारम्भिक अनुसन्धानमा वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई उनले नक्कली शैक्षिक प्रमाण पत्र बनाउने गरेको खुलेको छ।

उनले प्रवेशिका, उच्च माध्यमिक र त्रिभुवन विश्वविद्यालयको स्नातकतहको मार्कसिट, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र बनाउने गरेको खुलेको महाशाखाले जानकारी दिएको छ। 

साइवरबाट प्रहरीले उच्च माध्यमिक शिक्षा परिषद्को नक्कली चारित्रिक प्रमाणपत्र पाँच वटा , त्रिविको ट्रान्सक्रिप्ट , नेपाल सरकारको लोगो भएको टोखा नगरपालिका लेटरप्याड, अधिकृतको छाप , विभिन्न दूतावासको लेटरप्याड फेला पारेको छ । 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell