PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​नौ दिनदेखि युवक बेपत्ता, साथीले बेपत्ता बनाएको परिवारको आशंका



पहिलोपोस्ट

महेन्द्रनगर (धनुषा) : धनुषाको मिथिला नगरपालिकाका एक युवक नौ दिनदेखि बेपता भएका छन्। 

मिथिला नगरपालिका–२ नक्टाझिजका १८ वर्षीय इन्द्रकुमार महतो नौ दिनदेखि सम्पर्कविहीन अवस्थामा रहेका हुन् । घर परिवार पाल्दै आएका छोरा बेपत्ता भएपछि महतो परिवारमा रुवावासी चलेको छ । इन्द्रकुमारलाई उनकै आफ्नै केही साथीले बेपता बनाएको परिवारको आरोप छ। 

परिवारका अनुसार यही पुस ११ गते साँझ आफ्नै छिमेक तथा नक्टाझिज–६ का ३० वर्षीय नरेशकुमार यादवले मोबाइलमा फोन गरी स्थानीय विश्वकर्मा चोकमा इन्द्रकुमारलाई बोलाएका थिए । काका रघु महतोको घरमा रहेका इन्द्रकुमारले नरेशले आफूलाई बोलाएको काका–काकीलाई सुनाएर चोकतिर लागेको बताइएको छ। 

परिवारजनले इन्द्रको खोजिदिन इप्रका महेन्द्रनगरमा किटानी जाहेरी दिएको बुवा भगलु महतोले बताउनुभयो। 

प्रहरी सहायक निरीक्षक चन्द्र त्रिपाठीले नरेशकुमार यादव फरार रहेको बताउनुभयो । पीडित परिवारजनले इन्द्रलाई नरेश र उनका साथीहरुले मोटरसाइकलमा राखेर ढल्केबरतिर लगेको र निर्घात कुटपिट गरेर अपहरण गरी बेपता पारेको दाबी गर्दै आएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell