पोखरा : पोखरा–१० रामबजारमा शुक्रबार दुई सय सात जनाको निःशुल्क मधुमेह, रक्तचाप र मिर्गाैला परीक्षण गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा १०–११ महिला उपसमितिद्वारा आयोजित शिविर युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) सभागृहचोकको प्राविधिक सहयोग र व्यवस्थापनमा भएको थियो। रासस