PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

भारतमा शिख समुदायको पहिलो प्रधानन्यायाधीश बने जगदिश सिंह खहर



पहिलोपोस्ट

भारतमा शिख समुदायको पहिलो प्रधानन्यायाधीश बने जगदिश सिंह खहर

नयाँ दिल्ली : भारतमा बुधबार नयाँ प्रधानन्यायाधीश नियुक्त भएका छन् । बुधबार नियुक्त हुनुभएका नयाँ प्रधानन्यायाधीश जगदिश सिंह खहर यहाँको शिख समुदायको पहिलो प्रधानन्यायाधीश भएको बताइएको छ।
 
सो कुराको जानकारी भारतीय सञ्चारमाध्यमले बुधबार दिएका छन्। ती सञ्चारमाध्यमले खहरलाई भारतको शिख समुदायको पहिलो प्रधानन्यायाधीश भनेका छन्।
 
उनी भारतको ४४ औँ प्रधानन्यायाधीश हुन् । उनलेसो पदको पद तथा गोपनीयताको सपथ बुधबारमात्र लिएका हुन्। राजधानी नयाँ दिल्लीमा अवस्थित राष्ट्रपति भवनमा आयोजना गरिएको एक विशेष समारोहमा यहाँका राष्ट्रपति प्रणव मुखर्जीबाट उनले सपथ लिएका हुन्। 

भारतीय प्रधानन्याधीश तीर्थसिंह ठाकुर मङ्गलबार सेवानिवृत्त भएपछि उनलाई बुधबार प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो । 

नवनियुक्त प्रधानन्यायाधीश खहरको कार्यकाल सात महिनाको मात्र रहेको छ । उनी ६४ वर्षीय हुन्। 

भारतीय संविधानअनुसार प्रधानन्यायाधीश देशको न्यायपालिकाका प्रमुख हुन्छ । साथै देशको सर्वाेच्च अदालतको पनि प्रमुख प्रधानन्यायाधीश नै हुने संवैधानिक प्रावधान छ । रासस÷सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell