PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

सरकारी जागिरको अवसर : सेनाले माग्यो एक सय अधिकृत क्याडेट



पहिलोपोस्ट

सरकारी जागिरको अवसर : सेनाले माग्यो एक सय अधिकृत क्याडेट

काठमाडौं : नेपाली सेनाले एक सय जना अधिकृत क्याडेट (जुनियर अफिसर)  पदका लागि दरखास्त आह्वान गरेको छ। सेनाले बिहीबार सूचना प्रकाशन गरी समानुपातिक समावेशी रुपमा एक सय क्याडेटको दरखास्त मागेको हो। यसअघि एक सय ७८ पदिक सेनाले विज्ञापन गरेको थियो।
 
पदपूर्तिका लागि गरेको आह्वान अनुसार खुलातर्फ ५५ जनाको दरबन्दी रहेको छ। यस्तै समावेशी अन्तर्गत महिला ९, आदिवासी जनजाति १४, मधेसी १३, दलित ७ र पिछडिएको क्षेत्रका लागि २ कोटा छुट्याइएको छ।
 
दरखास्त पुस २१ गतेबाट माघ २१ गते बुझाइसक्नुपर्नेछ। यस्तै दोब्बर दस्तुरमा माघ २२ गतेदेखि माघ २८ गतेसम्म दरखास्त बुझाउन मिल्नेछ। दरखास्त शुल्क खुलाको हकमा एक हजार र समावेशीतर्फ मूल दस्तुरको २० प्रतिशत छुट हुनेछ।
 
दरखास्त फाराम भर्नका लागि जंगी अड्डा भद्रकाली, पूर्वी पृतना सुनसरी, मध्य पृतना हेटौंडा, पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना सुर्खेत र सुदूरपश्चिम पृतना राजपुर ब्यारेक दिपायलमा बुझाउन सकिनेछ।
 
प्रमाणपत्र वा सो सरह शैक्षिक योग्यता भई १८ वर्ष पूरा भई २१ वर्ष नकटेका नेपाली नागरिकले तोकिएको कार्यविधि पूरा गरी दरखास्त दिन सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell