PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

गोरखकाली उद्योग खुलाउन सरकारी तयारी



पहिलोपोस्ट

काठमाडौँ : बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्ने विषयमा उद्योगमन्त्री नवीन्द्रराज जोशी र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेबीच छलफल भएको छ।  
 
गोरखा मझुवा देउराली–५ स्थित सो उद्योग तत्कालै नियमित रुपमा सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने र आवश्यक कदम चाल्ने बारेमा उनीहरुबीच छलफल भएको उद्योगमन्त्रीका प्रेस सल्लाहकार प्रदीप चापागार्इंले बताए। उनले उद्योग खुलेपछि कुन ढाँचामा अगाडि बढाउने र उद्योगका उत्पादनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि छलफल भएको जानकारी दिए।रासस
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell