PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

गुडिरहेको बसको ढोकाबाट खस्दा एक यात्रुको ज्यान गयो



पहिलोपोस्ट

गौशाला : महोत्तरीको जलेश्वर बर्दिबास सडक खण्डमा बसबाट खसेर सोनामाई–७ बस्ने ३० वर्षीय शिवनारायण चौधरीको मृत्यु भएको छ।
 
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार साँझ जलेश्वरबाट बर्दिवास जाँदै गरेको ज१ख ७७४ नंको यात्रु बसबाट कोल्हुवा बगेवा–९ स्थित बथनाहा गाउँमा बसको ढोकाबाट खस्दा चौधरी घाइते भएका थिए। यादवलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लैजाँदै गर्दा बाटामै मृत्यु भएको प्रहरी निरीक्षक रवीन्द्र खनालले बताए।
 
बस प्रहरीको नियन्त्रणमा छ। चालक दुर्घटना भएलगत्तै फरार भएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell