PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

वीर अस्पतालमा चौबिसै घन्टा डायलासिस सेवा सुरु भएपछि मिर्गौलापीडितलाई राहत



पहिलोपोस्ट

वीर अस्पतालमा चौबिसै घन्टा डायलासिस सेवा सुरु भएपछि मिर्गौलापीडितलाई राहत

काठमाडौँ : वीर अस्पतालमा चौबिसै घन्टा डायलासिस सेवा सुरु भएपछि मिर्गौला रोगीका लागि राहत मिलेको छ।
 
बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसो मात्र दिइँदै आएको डायलासिस सेवालाई गत आइतबादेखि चौबिसै घन्टा बनाइपछि बिरामीलाई राहत मिलेको हो। दैनिक १४ जनाको डायलासिस हुँदै आएकोमा सेवा अवधि थप भएपछि अहिले यसमा दोब्बरले वृद्धि भई दैनिक २८ जनाले यो सेवा पाउन सक्ने अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले जानकारी दिए।
 
यो अस्पतालमा २५ वर्षअघि डायलासिस सेवा सुरु भए पनि पर्याप्त स्रोत र उपकरण नहुँदा आकस्मिक भर्ना भएका र नयाँ बिरामीले लामो समय कुर्दा पनि पालो नपाएर अन्यत्र जानुपर्ने बाध्यता थियो। 'स्वास्थ्यमन्त्री गगन थापाले देशभर डायलासिस सेवा बढाउने भनेपछि वीर अस्पतालले पनि बिरामीलाई थप सेवा दिन र सेवा नपाएर कसैले पनि फर्कन नपरोस् भनेर आइतबारदेखि २४ सै घन्टा यो सेवा सुरु गरिएको हो,' निर्देशक बस्नेतले भने।
 
अहिले वीरमा हप्तामा नियमित रुपमा ४२ जनाले डायलासिस गराउँदै आएका छन्। यसै वर्षमात्रै सरकारले सम्पूर्ण डायलासिस सेवा पूर्णरुपमा निःशुल्क गरेको छ। देशभरका सरकारी र निजी गरी ४३ अस्पतालबाट यो सेवा सञ्चालन भइरहेको छ। सरकारी अस्पतालमा चौबिसै घन्टा यो सेवा सुरु गर्ने वीर पहिलो अस्पताल हो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell