PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सरकारले माग्यो तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति, आवेदनसँगै कार्ययोजना माग



पहिलोपोस्ट

काठमाडौं : सरकारले तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि बिहीबार सूचना प्रकाशित गरेको छ।

तीन वटै रिक्त दरबन्दी पदपूर्तिका लागि मन्त्रालयले सूचना प्रकाशन गरेको हो। आवेदन स्वास्थ्य मन्त्रालय रामशाहपथमा बुझाउन सकिने सूचनामा उल्लेख छ।

मन्त्रालयले पुस २७ गतेभित्र अन्तिम आवेदन दर्ता गर्नेगरी सूचना प्रकाशन गरेको हो। सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनको कार्यविधि २०७३ अनुसार मन्त्रालयले आवेदन माग गरेको हो। आवेदनसाथ आवेदकले प्रतिष्ठान सञ्चालनको व्यावसायिक योजना समेत पेश गर्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell