PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सत्ता साझेदार दलहरुको बैठक बस्दै, संविधान संशोधन एजेण्डा



पहिलोपोस्ट

सत्ता साझेदार दलहरुको बैठक बस्दै, संविधान संशोधन एजेण्डा

काठमाडौं : संविधान संशोधन विधेयक र सदनको अवरोधलगायतका विषयमा छलफल गर्न तीन सत्ता घटकहरु आज पुनः छलफल गर्दैछन्।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चावीच छलफल हुन् लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बोलाइएको छ। 

सर्वोच्च अदालतको आदेशपछि सत्तारुढ दलहरु छलफलमा जुटेका हुन् । आदेशानुसार सीमाङ्कनको प्रस्ताव स्थगन गर्नुपर्ने प्रतिपक्ष एमालेको माग छ । भने, मधेशी मोर्चाले संविधानको धारा २७४ नै खारेज गरेर संविधान संशोधन गर्न माग गरेको छ।

प्रतिपक्ष मोर्चाले संशोधन प्रस्ताव फिर्ता वा सीमाङ्कन हेरफेर स्थगन माग गरिरहेका बेला सरकार सम्वद्ध दलहरु पुनः छलफलमा बस्न लागेका हुन् । तर, सरकारलाई साथ दिएको मोर्चाले पनि संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्नुपर्नेमा जोड दिँदै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell