PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

'तिमीसँग' भन्दै रोशनको साथमा देखा परिन् वर्षा शिवाकोटी



पहिलोपोस्ट

'तिमीसँग' भन्दै रोशनको साथमा देखा परिन् वर्षा शिवाकोटी

काठमाडौं : गायक मोहनकुमार राईको ‘तिमीसँग’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। पहिले अडियो मात्र विमोचन गरिएको गीतको भिडियो युट्यु मार्फत सार्वजनिक गरिएको हो।

विभोर पोखरेल निर्देशित भिडियोमा नायिका वर्षा शिवाकोटी तथा भिडियो जक्की रोशन लामाको फिचरिङ छ।

शैलेन्द्र एम प्रधानद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत छ। आधुनिक पप शैलीको गीतको भिडियोलाई अनिल मानन्धरले खिचेका हुन्। ललितपुरको छम्पीमा छायांकन गरिएको भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका छन्।

यस्तो छ भिडियो :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell