PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नेपालका सबै राजनीतिक दल भारतबाटै सञ्चालित : महन्थ ठाकुर



पहिलोपोस्ट

नेपालका सबै राजनीतिक दल भारतबाटै सञ्चालित : महन्थ ठाकुर

भक्तपुर : तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संशोधन विधेयक पास नभए स्थानीय तहको निर्वाचन नहुने बताएका छन्।
 
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै ठाकुरले संशोधन विधेयक कानुनसम्मत रहेको बताए। सरकार गठनकै क्रममा सत्तासीन दलहरुले आफ्नो माग पूरा गर्ने र विगतमा एमालेले समेत वर्तमान संशोधन विधेयकलाई मान्यता दिएको बताउँदै उनले विधेयक पास नभएसम्म स्थानीय तहको निर्वाचन नहुने तर्क गरे।
 
५१ प्रतिशत जनसंख्या रहेको मधेशलाई २५ प्रतिशतमा सीमित पारेर ल्याइएको स्थानीय तहको पुनःसंरचनाको खाका मधेसी मोर्चालाई मान्य नहुने उनको भनाइ छ।
 
'तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारको पालामा एमाले अध्यक्ष केपी ओलीले यही संशोधनमा आफूले हस्ताक्षर गर्दा त्यस बेला राष्ट्रवादी हुने, अहिले सोही संशोधन राष्ट्रघात हुने?' ठाकुरले प्रश्न गरे।
 
अंगीकृत नागरिकलाई जन्मसिद्ध नागरिकसरह अधिकार दिनुपर्ने विषय हल्ला मात्र भएको भन्दै ठाकुरले वैवाहिक महिलालाई अधिकार दिनुपर्नेमा मधेसी मोर्चाको माग रहेको बताए।
 
'मोर्चालाई लैनचौर र भारतबाट सञ्चालन भइरहेको देख्ने हो भने नेपालको सबै राजनीतिक दलहरु उतैबाट सञ्चालन भइरहेका छन्,' उनले भने, 'सरकार समेत उतैबाट सञ्चालन भइरहेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell