PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बुढीगण्डकी प्रभावितलाई मुआब्जा रकम लिन आयोजनाको आह्वान, एक रोपनीको ८ लाख ३५ हजारसम्म



पहिलोपोस्ट

बुढीगण्डकी प्रभावितलाई मुआब्जा रकम लिन आयोजनाको आह्वान, एक रोपनीको ८ लाख ३५ हजारसम्म

काठमाडौं : बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले आयोजना प्रभावितहरुलाई मुआब्जा लिन डाकेको छ।
 
आयोजनाले धादिङका १३ गाविसका प्रभावित बासिन्दालाई मुआब्जा वितरण गर्न लागेको हो। पहिलो चरणमा सलाङ, मैदी र खरी गाविसका बासिन्दालाई मुआब्जा लिन बोलाएको हो।
 
आयोजनाले मुआब्जाका लागि घर, खेत, रुख बिरुवा लगायत ११ वटा वर्गीकरण गरी रकम उपलब्ध गराउन लागेको हो। बाक्लो बस्ती र मुल मोटरबाटोसँग जोडिएका जग्गाको मूल्यांकन प्रतिरोपनी ८ लाख ३५ हजार रुपैयाँ गरिएको छ। मोटरबाटोसँग जोडिएका जग्गाहरुको मूल्यांकन ८ लाख चार हजार रुपैयाँ गरिएको छ।
 
अन्य घरबस्ती क्षेत्र र सहायक मोटरबाटोमा पर्ने जग्गाधनीले प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ पाउनेछन्। अब्बल खेतको ७ लाख ४२ हजार, दोयम खेतको ७ लाख ११ हजार, सीम खेतको ६ लाख ८० हजार र चाहार खेतको ६ लाख ४९ हजार रुपैयाँका दरले मुआब्जा वितरण गरिनेछ।
 
आयोजनाले अब्बल बारीका लागि ६ लाख १८ हजार, दोयम बारीको ५ लाख ७८ हजार, सीम बारीको ५ लाख ५६ हजार र चाहार बारीको ५ लाख २५ हजार रुपैयाँ मूल्यांकन गरेको छ। ५ रोपनीसम्म जग्गा भएकाहरु पूरै विस्थापित भएमा १५ प्रतिशत बढी रकम पाउनेछन्। १० रोपनीसम्म जग्गा हुनेहरु पूरै विस्थापित भएमा थप १० प्रतिशत रकम पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell