PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

अक्षय कुमारलाई आफ्नै 'प्याडम्यान' बनाउँदै ट्विङ्कल खन्ना



पहिलोपोस्ट

अक्षय कुमारलाई आफ्नै 'प्याडम्यान' बनाउँदै ट्विङ्कल खन्ना

महिनावारी सम्बन्धी कुरीति रहेको समाजमा गरिब र अशिक्षित महिलाहरुलाई सुलभ मूल्यमा स्यानिटरी प्याड किन्न प्रोत्साहन गर्ने र प्रयोग गर्न सिकाउने पद्मश्री अरुणचनलम मुरुगानाथमको कार्य प्रेरणादायी छ। उनले गरेको कार्य र उनको जीवनमाथी राम्रो कथा बन्ने सोचिन् ट्विङकल खन्नाले।

अभिनय तथा लेखन कार्यमा पनि सक्रिय अभिनेत्री ट्विङलले पद्म श्रीको कथामा फिल्म निर्माण गर्ने घोषणा गरिन्। उनले ट्विटर मार्फत 'प्याड म्यान' बनाउने बताएकी हुन्।

खन्नाले फिल्म निर्माण घोषणा गरेसँगै बलिउड दर्शकले अक्षय कुमारको अभिनय रहने अनुमान गरे। तर निर्देशक आर बल्कीले फिल्ममा तामिल अभिनेता रहने बताएपछि अक्षय फ्यान निराश थिए। अक्षय कुमारले पनि उनी श्रीमतीको निर्माणमा बन्ने फिल्ममा अभिनय नगर्ने स्पष्ट पारे।

अक्षयले भने, 'मेरी श्रीमतीले मलाई घरभित्र नै धेरै माया गर्छिन्। उनी मलाई आफ्नो फिल्ममा चाहदिनन्। म पनि चाहन्छु ट्विङकल कमफर्ट जोन छोडेर घर बाहिर पनि निस्कोस्।'

उनको अभिव्यक्ति सहित बलिउड हंगमाले तामिल अभिनेता फिल्ममा रहने जनाएको थियो। तर पुन: निर्देशक आर बल्कीले अक्षयले नै फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने घोषणा गरेको हिन्दुस्तान टाइमसले जनाएको छ। बल्कीले भने, 'अक्षयको फिल्म हो र अक्षय नै फिल्ममा देखिन्छ।'

फिल्मका बारेमा पद्म श्री भन्छन्, 'स्वास्थ्य र सरसफाई सम्बन्धी बायो पिकमा आफ्नो कार्य देखाउन पाए राम्रो हुन्थ्यो जस्तो लागेको थियो। अचानक अक्षय ट्विङकल जस्ता स्टारले आफूमाथि फिल्म बनाउने खबर सुन्दा म एकदम खुसी छु।'

फिल्मले अरुणचनलम मुरुगानाथमको कथा भन्नेछ। थोरै रकममा भारतका विभिन्न गाँउमा लोकल स्यानिटरी प्याडको प्रयोगलाई प्रोत्साहन गर्ने उनी पहिलो व्यक्ति हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell