PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

चक्करपछि ‘केटीएम-कक्टेल’ यस्तो देखियो



पहिलोपोस्ट

चक्करपछि ‘केटीएम-कक्टेल’ यस्तो देखियो

काठमाडौं : फिल्म 'केटिएम कक्टेल'को फस्टलुक सार्वजनिक भएको छ। अनुष्क शर्मा निर्देशित फिल्म २०७४ मा सार्वजनिक हुने भएको छ।

पोस्टरमा मास्क लगाएका एक पात्र छन्। उनको मुखौटमा गाँजाको बिरुवाको पात छ। पोस्टरले फिल्म ड्रग्सलाई मुख्य विषय बनाएर निर्माण भएको प्रष्ट पार्छ।

ए–वानराज उप्रेती, संगीत सापकोटा र विकास लम्सालको मुख्य भूमिका रहेको फिल्मलाई आर्ट हाउस र नेसनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेका हुन्।

साउथ एसियन कक्टेल नामक ड्रग्सको अवैध कारोबार गर्ने विषयमाथि सिनेमा निर्माण भएको छ।

भौतिकतावादले ग्रस्त एक युवाको कथा मार्फत फिल्म प्रस्तुत गरेको निर्मा युनिटले जनाएको छ। युवा अवस्थामा प्रवेश गरेको सो पात्रको जीवनमा फिल्म बुनिएको छ जो अध्यात्ममा विश्वास गर्दैन।

फिल्म 'चक्कर' पछि अनुष्क र रविनको टिमअपमा बनेको यो दोस्रो फिल्म हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell