PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

माटोको ढिस्कोले पुरिँदा भारतमा चार नेपालीको मृत्यु



पहिलोपोस्ट

भीमदत्तनगर : भारतको हिमाञ्चल प्रदेशमा बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर चार जना नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको छ।
 
हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा बुधबार साँझ चार जना नेपालीको मृत्यु भएको घटनास्थलबाट कञ्चनपुरको झलारीपिपलाडी नगरपापालिका–११ का नरेन्द्रबहादुर विष्टले जानकारी दिए।
 
मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बम रहेका छन्।
 
छ जनाको सङ्ख्यामा नेपालीहरु त्यहाँ कार्यरत रहेको भए पनि दुई जना खाना पकाइरहेकाले सकुशल रहेको विष्टले बताए।
 
भारत सरकारले उक्त बाटो खन्ने कामलाई ठेकेदार कम्पनीमार्फत सडक खनाइरहेको थियो। 'हामी ठेकेदार कम्पनीमार्फत बाटो खनिरहेका थियौँ,' विष्टले भने, 'म यहाँ अर्कै साइडमा थिएँ।'रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell