PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

राष्ट्रिय फुटबल रेफ्री सुरज मानन्धरले लिए खेल जीवनबाट सन्यास



पहिलोपोस्ट

लमजुङ (बेसीसहर) : पूर्व राष्ट्रिय खेलाडी तथा रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास लिएका छन्। त्रिवेणी कप खेलाउन बेसीसहर आएका मानन्धरले एक विज्ञप्ति जारी गरी खेलबाट सन्यास लिएका हुन्।
 
आफ्नो जीवनमा १४ वर्ष खेलाडी र १४ वर्ष रेफ्रीको भूमिका निर्वाह गरेका मानन्धरले सबैभन्दा धेरै समय त्रिवेणी कप खेलाएको भन्दै लमजुङमा भएको २५ औँ त्रिवेणी कप प्रतियोगितापछि औपचारिक सन्यास लिएको बताए।
 
२०४६ बाट काठमाडौँस्थित ब्वाइज स्पोर्टस क्लबमार्फत खेलको सुरु गरेका मानन्धरले मनाङ मर्स्याङ्दी, एनआरटी लगायतका क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी थिए।
 
रेफ्री बनेपछि हालसम्म ४७ प्रतियोगितामा ९७ खेल खेलाएका उनले अब नयाँ पुस्तालाई स्थान दिनको निम्ति आफूले खेल जीवनबाटै सन्यास लिएको बतए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell