PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

एमालेलाई सहमतिमा ल्याउन माओवादी केन्द्रले सबै पक्षसँग छलफल गर्ने



पहिलोपोस्ट

एमालेलाई सहमतिमा ल्याउन माओवादी केन्द्रले सबै पक्षसँग छलफल गर्ने

काठमाडौं : माओवादी केन्द्रले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेत सहमतिमा ल्याउनका लागि सबै पक्षसँग संवाद गर्ने निर्णय गरेको छ। केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकमा अदालतको फैसलापछि अब संशोधन प्रस्ताव पारित हुने र सहमतिका लागि सबै दलसँग छलफल जारी राख्नेबारे छलफल भएको छ।
 
बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलापछि देशको राजनीति सहमतितिर जान लागेको र स्थानीय निकायको निर्वाचनका लागि सरकारले हदैसम्मको प्रयत्न गरेको जानकारी गराएका थिए।
 
पार्टीको आन्तरिक निर्वाचन र सङ्गठनात्मक कार्यविधिका बारेमा छलफल गर्न बसेको बैठकमा सो बारे भने शुक्रबार छलफल गरिने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। माओवादी केन्द्रले जिल्ला सम्मेलन गर्नका लागि कसरी सङ्गठनात्मक प्रतिनिधित्व व्यवस्थित गर्न सकिन्छ भन्नेलगायतका विषयमा कार्यविधि तय गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell