PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

तोकिएको समयभन्दा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय



पहिलोपोस्ट

तोकिएको समयभन्दा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय

काठमाडौं : तोकिएको समयावधिभन्दा बढी सेवा (काम) गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ ।
 
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैठकमा सङ्घ, प्रदेश, स्थानीय तहका कार्यविस्तृतीकरण, अधिकार सूचीका बारेमा व्यापक छलफल भई यसलाई मन्त्रिपरिषद् अन्तर्गतको आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको जानकारी दिए।
 
बैठकले सडक सुधारका लागि एसियाली विकास बैंकको २० अर्ब २८ करोड ऋण स्वीकार गर्ने पनि निर्णय गरेको छ। बुढानिलकण्ठमा राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योगसेवा केन्द्र स्थापना गर्ने पनि क्याबिनेटले निर्णय गरेको कार्कीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell