PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

उपत्यकामा खानेपानीको उचित व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन



पहिलोपोस्ट

उपत्यकामा खानेपानीको उचित व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : उपत्यकामा सहज रुपमा खानेपानी उपलब्ध गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, गृह सचिव, ललितपुर, भक्तपुर र काठमाडौंका जिल्ला प्रमुख अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन्।
 
आज भएको छलफलमा उनले खानेपानीको उचित व्यवस्थापन गरी राहत दिन निर्देशन पनि दिए।
 
बैठकमा प्रधानमन्त्रीले ठूला ग्राहकहरुले तिर्न बाँकी महशुल रकम तत्काल असुलउपर गर्न पनि निर्देशन दिएका छन्। सर्वसाधारण जनतालाई महिनापिच्छै बिलको रसिद थमाए पनि ठूला, पहुँचवालाहरुको भने अहिले पनि ठूलो रकम तिर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले विद्युत महसुल तिर्न नसकेकाहरुलाई सरकारले महसुल उठाउन सुरु गरेजस्तो खानेपानीमा समेत बक्यौता उठाउने अभियान चलाउन निर्देशन दिएका हुन्।
 
मेलम्ची खानेपानीको सुरुङ खन्नेदेखि अन्य कार्य द्रुत गतिमा अघि बढिरहेको जानकारी गराउँदै उनले उपत्यकामा मेलम्ची खानेपानीको आपूर्तिका लागि पूर्वाधार तयार गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्न सम्बन्धित निकायलाई समेत निर्देशन दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell