PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

फागुन १४ मा हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न अखिलको माग



पहिलोपोस्ट

फागुन १४ मा हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न अखिलको माग

काठमाडौँ : अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ।
 
आज पत्रकार सम्मेलनमा विज्ञप्ति सार्वजनिक गर्दै अनेरास्ववियु अध्यक्ष नवीना लामाले फागुन १४ गतेको निर्वाचनका लागि धेरै समय बाँकी नभएकाले एक हप्ताभित्र कार्य तालिका सार्वजनिक गर्न त्रिविसामु माग गरिन्।
 
त्रिविले तोकेको विधि र प्रणालीमा केही फरक मत भए पनि निर्वाचनको सुनिश्चितताका लागि निर्वाचन प्रक्रियामा सहभागी हुने उनले बताइन्।
 
अध्यक्ष लामाले स्ववियु निर्वाचनलाई सभ्य, स्वच्छ, अनुशासित, मर्यादित मितव्ययी, पारदर्शी र भयरहित ढङ्गबाट सम्पन्न गर्न वातावरण बनाउन समेत माग गरिन्। निर्वाचनलाई प्रविधिमैत्री बनाउन विद्युतीय प्रणालीबाट मतदान गर्ने व्यवस्था अवलम्बन गर्न पनि अनेरास्ववियुले माग गरेको छ।

बुधबार त्रिविको साधारण बैठकले २८ वर्षे उमेरको हदबन्दी र मिश्रित प्रणालीमा स्ववियु निर्वाचन हुने निर्णय गरेको थियो। प्रत्येक दुईदुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविले २०६५ चैत ६ गतेदेखि गर्न सकेको छैन। त्रिविले पटकपटक घोषणा गरे पनि उमेर विवादका कारण निर्वाचन हुन सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell