PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

शरीरमा आगो लगाई हजुरआमा मार्ने २२ वर्षे नाति पक्राउ



पहिलोपोस्ट

कपिलवस्तु : आफ्नै हजुरआमाको शरीरमा आगो लगाई फरार रहेका बुद्धबाटिका नगरपालिका–१६ पत्थरकोट बस्ने २२ वर्षीय अरविन्द्र क्षेत्रीलाई प्रहरीले धन्चौराबाट पक्राउ गरेको छ।
 
मानसिक सन्तुलन ठिक नभएको बताइएका क्षेत्री ७० बर्षीया हजुरआमा कमला कोइरालालाई घरमा सुतिरहेको अवस्थामा शरीरमा आगो लगाई भागेका थिए। घाइते कोइरालालाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको थियो।
 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell