
दमक : अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा नगदसहित बिहिबार सम्मान गरिएको छ।
अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल भएकी भन्दै बेलायतमा कार्यरत संघसंस्थाले उनलाई एकमुस्ट २८ लाखसहित सम्मान गरेको हो।
मिरालाई बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङलगायतका पाँच वटा संस्थाको पहलमा सम्मान गरिएको हो। स्थानीय दमक रेडक्रस भवनमा आयोजित कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टले सम्नसहितको नगद चेक हस्तानतरण गरे।
मिराले अल्ट्राम्याराथनमा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वमाझ थप चिनारी दिलाउँदै अएकी छिन्।
मीराको सहयोगका लागि सगरमाथा तेक्वान्दो डोजाङसँगै बेलायतमा रहेका किराँत राई यायोख्खा, जेन मार्सल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाइजेसनले साथ दिएको जनाइएको छ।
तस्तै मीरालाई अल्ट्राम्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक ध्रुवविक्रम मल्ललाई समेत २ लाख नगदसहित सम्मान गरिएको छ।