PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

मनाङ मर्स्याङ्दी हेटौंडा गोल्डकपको फाइनलमा



पहिलोपोस्ट

हेटौंडा : मनाङ मर्स्याङ्दी क्लब हेटौंडामा जारी टुबोर्ग दोस्रो हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत बिहिबार भएको पहिलो सेमिफाइनलमा पोखराको साहारा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो।

मनाङलाई फाइनल पुर्‌याउन अफ्रिकन खेलाडी अोलावालेले एकमात्र गोल गरे। उनले खेलको आठौं मिनेटमै गरेको गोल निर्णायक बनेको हो।

मनाङका विराज महर्जनले 'म्यान अफ दि म्याच' घोषित हुँदै नगद ३ हजार प्राप्त गरे।

मनाङले क्वाटरफाइनलमा सातौं राष्ट्रिय खेलकुदको फुटबलमा स्वर्ण जितेको एपीएफलाई पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell