PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

​'लुट टू'को ट्रेलरसँगै मोबाइल एपमा पनि 'हाकु काले'



पहिलोपोस्ट

​'लुट टू'को ट्रेलरसँगै मोबाइल एपमा पनि 'हाकु काले'

काठमाडौं : सन् २०१२मा फिल्म लुटको केन्द्रिय पात्र 'हाकु'को नाममा रन गेम निर्माण भएको छ। स्रोत कोड नामक समुहले 'भाग पाशा भाग' नामक मोबाइल गेम सार्वजनिक गरेको हो। 
 
गुगल एप्सको लागि आज लुट टूको ट्रेलर रिलिज कार्यक्रममा सुरु भएको गेम एप एक हप्ता पछि आईओएसमा पनि सुरु हुने जानकारी दिएइएको छ। ६ महिनाको मिहिनेतपछि गेमको एप निर्माण प्रक्रिया सफल भएको डेभलोपर उदय गुरुङले जानकारी दिए। उनले भने,'यो प्योर नेपाली गेम हो। हाकुलाई लखेट्ने गेम मन पराउनु हुन्छ भन्ने लाग्छ।' 
 
बिहिबार (आज) काठमाडौंमा लुट टूको ट्रेलरसँगै गेम पनि सार्वजनिक भएको हो। हाइलाइट्स नेपालको युट्युबबाट सार्वजनिक भएको ट्रेलरमा फिल्मको विभिन्न प्लटलाई ठाउँ दिइएको छ। 
 
फिल्म निर्माता माधव वाग्लेले ट्रेलरले फिल्मको मुख्य विषय उठाएको बताए। भने,'लुटमा हाकुले फसाएको चार पात्रले अब हाकुसँग बदला लिन्छन्। त्यसपछि के हुन्छ हेर्न फिल्म रिलिज कुर्नु।' 
 
लुटको कथाले निरन्तरता पाएको छ, सिक्वेल लुट टूमा। सौगात मल्ल, दयाहाङ राई, कर्मा, सुशीलराज पाण्डे, ऋचा शर्मा, प्रविन खतिवडा, सिर्जना सुब्बा, प्रतिक राज न्यौपाने, कामेश्वर चौरसिया, विपिन कार्की आदीको मुख्य भूमिका रहेको फिल्मलाई वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन्। फिल्ममा कथा तथा निर्देशन निश्चल बस्नेतको रहेको छ। 

निर्देशक बस्नेतले फिल्ममा सेन्सरले कैंची लागउनु पर्ने कुनै पनि दृश्य नभएको बताए। भने,'दृश्य काट्ने भयो भने वा एडल्ट सर्टिफिकेट लिएर फर्कन पर्‍यो भने म चुप बस्दिन।' फिल्मले पिजि वा युनिभर्सल सर्टिफिकेट पाउन पर्ने उनको दावी छ।
 
पुरुषोत्तम प्रधानले खिचेको फिल्मको यस्तो छ ट्रेलर: 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell