PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​आइतबार संसदमा संविधान संशोधन विधेयक टेबल गर्ने सत्तारुढ दलको निर्णय



पहिलोपोस्ट

​आइतबार संसदमा संविधान संशोधन विधेयक टेबल गर्ने सत्तारुढ दलको निर्णय

काठमाडौँ : सत्तारुढ दलहरुले आउँदो २४ गते आइतबारको संसद बैठकमा संविधान संशोधन विधेयक टेबल गर्ने निर्णय गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको बैठकले २४ गते संसदको बैठकमा संविधान संशोधन प्रस्ताव टेबल गर्ने निर्णय लिएको हो। 

बैठकपछि सरकारका उपप्रधानमन्त्री विमलेन्द्र निधिले भने - '२४ गते टेबल गर्ने निर्णय भयो।' 

उनले एमालेले संसदमा विरोध गर्ने सम्बन्धमा सोधिएको प्रश्नमा 'जिम्मेवार पार्टी भएकाले अवरोध नगर्ने' दावी गरे। 

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने सहभागी थिएनन्। 

बैठकपछि सद्भावना पार्टीका अध्यक्ष राजन्द्र महतोले पनि संसदको बैठकमा २४ गते संविधान संशोधन विधेयक 'जसरी पनि टेबल गर्ने कुरा' भएको बताए। 

'टेबल गरेर मात्र भएन पारित गर्ने तर्फ पनि सरकारको ध्यान जाओस् भनेर ध्यानाकर्षण गराइयो', उनले भने। 

संसद बैठक आउँदो २४ गतेका लागि डाकिएको छ। तर एमालेले संसदमा सीमाङ्कन परिमार्जन सहितको विषयमा संशोधन प्रस्ताव अगाडि बढ्न नदिने बताउँदै आएको छ। सीमाङ्कनमा लचिलो भएको अवस्थामा अन्य विषयमा छलफल गर्न एमाले सकरात्मक रहेको छ। 

बिहीबार नै पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा अवरोध कायम राख्ने कि नराख्ने भन्ने विषयमा स्पष्ट दिएनन्। यद्यपि ओलीले आजै राप्रपा अध्यक्ष कमल थापासँग समेत छलफल गरेका छन्। 

गत मंसिर १४ गते विधेयक संसदमा दर्ता भएको थियो। तर एमालेले विधेयक राष्ट्रघाति भएको आरोपमा १६ गतेबाट संसदमा निरन्तर अवरोध गर्दै आएको छ। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell