काठमाडौँ : काठमाडौँको नारायणगोपाल चोकस्थित सडकमा आज ट्रकको ठक्करले मोटरसाइकल पछाडि बसेकी एक १९ वर्षकी किशोरीको मृत्यु भएको छ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार साँझ पौने ६ बजे ना ६ ख ३०१२ नम्बरको ट्रकले बा ६९ प ५६७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकल पछाडि बसेकी तनहुँ घर भई हाल काठमाडौं जिल्ला गोगबु बस्ने १९ वर्षकी युनिशा गुरुङ गम्भिर घाइते भई उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा साँझ ६ बजे मृत्यु भएको हो।
सोही दुर्घटनामा घाइते मोटरसाइकल चालकको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न सवारी साधनसहित चालक प्रहरीको नियन्त्रणमा छ।