PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बिर्तामोड युनाइटेड फाल्गुनन्द गोल्डकपको फाइनलमा



पहिलोपोस्ट

पाँचथर : बिर्तामोड युनाइटेड झापाले पाँचथरको फिदिममा जारी आठौँ टुवोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ।
 
आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब फिदिमलाई ६-० को फराकिलो गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम दुईको यात्रा तय गरेको हो।

झापालाई जिताउन पहिलो हाफको र दोस्रो हाफको दुई मिनेटमा विकेश लिम्बुले दुई गोल, कर्ण लिम्बूले पहिलो हाफको १२ औं मिनेटमा, देवेन्द्र तामाङले पहिलो हाफको २८ औँ मिनेटमा गोल गरेका थिए। दोस्रो हाफको २५ औं मिनेटमा बुद्ध चेम्जोङ र २८ औं मिनेटमा योगेश गुरुङले एक एकगोल गरे।
 
प्रतियोगिताअन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र इलाभेन एरोज क्लव, दुहबी  सुनसरीबीच प्रतिस्पर्धा हुनेछ। रासस

(फोटो : दिलिप राईको फेसबुक)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell