PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

आयोजकलाई टाइब्रेकरमा हराउँदै एपीएफ काँकडभिट्टा गोल्डकपको फाइनलमा



पहिलोपोस्ट

काँकडभिट्टा : विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब मेची नेत्रालय दोस्रो काँकडभिट्टा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
 
आज सम्पन्न दोस्रो सेमीफाइनल खेलमा आयोजक काकडभिटृालाई टाइब्रेकरमा ५-४ को गोल अन्तरले हराउँदै एपीएफले उपाधीका लागि रमपम झापा-११ सँगको भेट पक्का गरेको हो। उपाधिका लागि शनिबार एपीएफ र  झापाबीच शनिबार प्रतिस्पर्धा हुनेछ।
 
९० मिनेटको निर्धारित समयमा दुबै टोलीले १-१ को बराबरी खेलेपछि निर्णयका लागि खेललाई सोझै टाइब्रेकरमा लगिएको थियो। जहाँ एपीएफलाई जित दिलाउन कप्तान मिलन राई, गोलरक्षक राजु योगी, सुदिप सिख्रकार, नविन लामा र प्रविन स्याङ्तानले गोल गरेका थिए।
 
आयोजक काकडभिटृाका तर्फबाट सञ्जय राजबग, एञ्जल गुरुङ (जीवन), आदित्य कार्की र नाइजेरियाली खेलाडी सेमसङ्गले गोल गरे।
खेल अवधीभर उत्कृष्ट खेल प्रदर्शन गरेपनि टाइब्रेकरमा निशान्त लिम्बूले गोल गर्न नसक्दा आयोजक फाइनल पुग्नबाट बन्चित भयो।
 
यसअघि खेलको ४२ औँ मिनेटमा आयोजक काकडभिटृाका निशान्त लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर त्यसको २ मिनेट बित्न नपाउँदै एपीएफका रमेश दङ्गालले गोल गर्दै खेल बराबरी गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell