PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​लक्ष्मी परियार हत्या प्रकरण, तीन जना पुर्पक्षका लागि थुनामा



पहिलोपोस्ट

काभ्रे : काभ्रे सानोबाङ्थली–७ गोदामचौरकी लक्ष्मी परियारको हत्या अभियोगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ । 

जिल्ला न्यायाधीश चेतनाथ ढकालको एकल इजलासले थुनछेक बहसका क्रममा लक्ष्मी परियारमाथि बोक्सीको आरोपमा कुटपिट तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। 

गत मङ्सिर २० गते शिक्षक हिरा र उनकी आमा काइँलीले लक्ष्मीलाई बोक्सीको आरोपमा विद्यालयको पोलमा बाँधेर कुटपिट गर्दै दिसा खुवाएका थिए । हिरा र काइँलीको कुटपिटबाट घाइते भएकी श्रीमती लक्ष्मीलाई उपचारका लागि अस्पताल जाउँभन्दा नमानेको भन्दै मिलनले कुटपिट गरेको स्वीकारेका छन् । बोक्सीको आरोपमा २० गते कुटपिट गरिएकी लक्ष्मीको मङ्सिर २४ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

सरकारी वकिलको कार्यालय काभ्रेले बोक्सीको आरोप तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका हिरा र काइँलीलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महल बमोजिम १८ वर्ष कैद र बोक्सीको कसुर तथा सजाय ऐन, २०७२ अनुसार पाँच वर्ष एव्म सोही ऐनको अर्को दफा अनुसार थप दुई वर्ष सजाय माग दाबी गरिएको छ। 

यस्तै, लक्ष्मीका श्रीमान् मिलनलाई भने मुलुकी ऐनको ज्यानसम्बन्धी महल बमोजिम १८ वर्ष कैद माग गरिएको छ । आफ्नो दिदीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी हत्या गरिएको भन्दै मृतक लक्ष्मीका भाई लोकबहादुर परियारले मुद्दा दायर गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell