PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​लिबाङ नगरपालिकाको वार्षिक बजेट नौ करोड



पहिलोपोस्ट

लिबाङ (रोल्पा) : नेकपा (एमाले) का सचेतक एवम् सांसद गोकुल घर्तीमगरले भौतिक पूर्वाधारको विकासले मात्र जिल्ला समृद्ध हुन नसक्ने भएको हुँदा जिल्लाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानीसँगै मानवीय विकास अपरिहार्य भएको बताएका छन्। 

बिहीवार लिबाङ नगरपालिकाको तेस्रो नगरपरिषद्का अवसरमा उनले यस्तो बताएका हुन्। घर्तीले हरेक क्षेत्रको विकासका लागि विकासे कार्यालयले छुट्टाछुट्टै बजेट विनियोजन गर्नुपर्नेमा पनि जोड दिए। 

यसैगरी, कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेसका सांसद अमरसिंह पुनले राजनीतिक पार्टीका बीचमा फरक आस्था र विचार भएपनि जिल्ला बनाउने कुरामा सबैको ऐक्यबद्धता हुनुपर्नेमा जोड दिए। 

नगरपरिषद्का क्रममा लिबाङ नगरपालिकाका कार्यकारी प्रमुख निमबहादुर केसीले आव २०७२÷०७३ को यथार्थ आय रु चार करोड १३ लाख ९४ हजार २४६ तथा व्यय रु तीन करोड ९२ लाख तीन हजार ९८३ रहेको जानकारी दिए। 

केसीले २०७३÷०७४ को संशोधित चालु तथा पुँजीगततर्फ आय रु नौ करोड ४४ लाख ४४ हजार र व्ययतर्फ रु नौ करोड ४४ लाख ४४ हजार रहेको जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell