PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​चीनमा ७६ सरकारी अधिकारीलाई अनुशासनको कारबाही



पहिलोपोस्ट

​चीनमा ७६ सरकारी अधिकारीलाई अनुशासनको कारबाही

बेइजिङ : सन् २०१६ चीनमा ७६ जना सरकारी अधिकारी अनुशासनको कारबाही परेका छन् । यद्यपि यस कारबाही पर्नेमा चार लाख जनाभन्दा बढी रहेका सर्वसाधारण रहेका चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन विभागले बिहीबार जानकारी गराएको छ। 

उक्त विभागको वाचडगले बिहीबार दिएको जानकारीअनुसार ४ लाख १५ हजार जनाभन्दा बढीलाई अनुशासनका कारबाही गरिएको छ। 

सन् २०१६ मा पार्टीको अनुशासन उल्लङ्घन गरेका ती व्यक्तिलाई अनुशासनको कारबाही गरिएको सो विभागले जानकारी दिएको छ। 

त्यसैगरी स्थानीयस्तरमा पार्टीको कामगर्ने र सरकारी ओहदामा समेत रहेकामा २ लाख ५६ हजार जना रहेका छन्। 

सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीले भ्रष्टाचारजन्य क्रियाकलापकहरूका साथै पार्टीले तोकेको अनुशासनको दायराको उल्लङ्घन गर्ने पार्टी सदस्य तथा कर्मचारीलाई कारबाही गर्दै आएको छ। रासस/सिन्ह्वा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell