PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​संविधान संशोधनमा प्रतिपक्षको विरोधसभा आज, नौ दलका नेताले सम्वोधन गर्ने



पहिलोपोस्ट

​संविधान संशोधनमा प्रतिपक्षको विरोधसभा आज, नौ दलका नेताले सम्वोधन गर्ने

काठमाडौं : संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै आन्दोलनरत ९ प्रतिपक्ष दलहरुले आज बृहद  बिरोध सभा गर्दैछन् । एक महिनादेखि संसदमा नियमित अवरोध गर्दै आएका प्रतिपक्ष मोर्चाको निर्णय अनुसार आज  बिरोध सभा हुन लागेको हो। सभालाई ९ राजनीतिक दलका नेताहरुले सम्वोधन गर्नेछन्।

दिउसो १ बजे हुने सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, जनमुक्ति पार्टी (लोकतान्त्रिक), मधेश समता पार्टी, नेपाः राष्ट्रिय पार्टीको सहभागिता हुनेछ । संविधान संशोधन प्रस्ताव फिर्ताको बटमलाइन बनाएका प्रतिपक्ष मोर्चाले काठमाडौंमा गर्न लागेको यो पहिलो  बिरोध सभा हो।

एमाले प्रचार विभागद्धारा जारी बिज्ञप्ती अनुसार सभा अघि विभिन्न ४० स्थानबाट जुलुसहरू रत्नपार्क आउनेछन् । एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ । सभालाई ९ राजनीतिक दलका प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ। 

यसअघि हिजो प्रदर्शनको पूर्वसन्ध्यामा प्रतिपक्ष मोर्चाले मोटरसाइकल ¥याली निकालेका थिए। प्रतिपक्ष मोर्चाले सभामा सहभागिताका लागि अपिल पनि जारी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell