PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

जुम्लामा स्याउ बगैँचा व्यवस्थापन सप्ताह सुरु



पहिलोपोस्ट

जुम्ला : जिल्ला कृषि विकास कार्यालय जुम्लाले आजदेखि स्याउ बगैचा व्यवस्थापन सप्ताह सुरु गरेको छ। 

कृषि विकास कार्यालयले हाड सिंजा, नराकोट, तातोपानी र डिल्लीचौर कृषि सेवा केन्द्र तथा गज्र्याङ्कोट, देपालगाउँ र चन्दननाथ नगरपालिकामा व्यवस्थापन सप्ताह सञ्चालन आजैदेखि सञ्चालन गर्ने भएको हो । 

प्रत्येक सेवा केन्द्रमा सप्ताह सञ्चालनार्थ कार्यालयका अधिकृत नेतृत्वको पाँचजनाको टोली फिल्डमै खटाइएको वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिए। 

यसमा हाड सिंजा र नराकोट कृषि सेवा केन्द्रको नेतृत्व कृषि प्रसार अधिकृत धनप्रसाद देवकोटा, डिल्लीचौर सेवा केन्द्रको नेतृत्व कृषि प्रसार अधिकृत चन्द्रबहादुर शाही, तातोपानी सेवा केन्द्रको नेतृत्व योजना अधिकृत बालकराम देवकोटा र जिल्ला कृषि विकास कार्यालयअन्तर्गत खलङ्गा जुम्लामा बाली संरक्षण अधिकृत चन्द्रबहादुर बुढाको नेतृत्वमा सप्ताह सञ्चालन हुने वरिष्ठ कृषि विकास अधिकृत कँडेलले बताए। 

‘जुम्ला र स्याउबीच अन्योन्याश्रित सम्बन्ध छ र यो सुपर जोनका रुपमा सरकारले घोषणा गरेको जिल्ला पनि हो, त्यसैले यो वर्षदेखि किसानको बगैँचामा गएर बिरुवा काटछाँट, त्यसको सिँचाइ, मलखाद, बोर्डर मिक्सर र बोर्डर पेस्ट कसरी बनाउने र त्यो कसरी लगाउने भन्ने विषयमा सिकाउँछौँ’, वरिष्ठ कृषि विकास अधिकृत कँडेलले भने।
 
विशेषगरी स्याउको काँटछाँट, रोग किराको व्यवस्थापन गरी उत्पादनमा प्रभावकारिता ल्याई व्यवस्थित गरेर लैजाने उद्देश्यले सप्ताहको अवसरमा स्याउ बगैँचा व्यवस्थापन घुम्ती तालिम सञ्चालन गर्न थालिएको उनले बताए। 

घुम्ती तालिम जतिसक्दो नयाँ र सबै कृषक लाभान्वित हुने तवरबाट सञ्चालन गरिने बताइएको छ । सप्ताहअन्तर्गत प्रतिकक्षा रु चारहजार ५ं०० खर्च व्यवस्थापन गर्ने गरी ७५ वटा तालिम सञ्चालन गरिनेछ । 

सो अन्तर्गत डिल्लीचौर सेवा केन्द्रमा २०, हाडसिंजामा १०, नराकोटमा १२, तातोपानीमा १६ र जिल्ला कृषि विकास कार्यालयअन्तर्गत चन्दननाथ नगरपालिका र आसपासका गाविस गरी १७ तालिम सञ्चालन गरिने उनको भनाइ छ । 

सप्ताह अवसरमा सञ्चालन हुने तालिममा दिइने सिप ज्ञानसँगै, सिकेचर, आरीलगायतका कृषि सामग्री ७५ प्रतिशत अनुदानमा कृषकलाई उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell