PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बलिउड अभिनेता ओम पुरीको निधन



पहिलोपोस्ट

बलिउड अभिनेता ओम पुरीको निधन

बलिउडका वरिष्ठ कलाकार ओम पुरीको आज बिहान हृदयाघातका कारण निधन भएको छ। पुरीका निकट रहेका फिल्म निर्माता अशोक पण्डितले मुम्बईमा उनको निधन भएको पुष्टि गरे।
 
नेशनल स्कुल अफ ड्रामाका पूर्वछात्र पुरी सन् ७० को कला फिल्म आन्दोलनमा संलग्न थिए। सन् १९७३ मा राष्ट्रिय नाट्य विद्यालयबाट ग्रयाजुएट हासिल गरेका उनले १९७६ मा पुणे फिल्म संस्थानबाट प्रशिक्षण लिएका थिए। त्यसपछि केही वर्ष अभिनयको प्रशिक्षण पनि दिएका थिए। उनले आफ्नै पहलमा 'मजमा' नामक थिएटर समूह पनि स्थापना गरेका छन्।
 
१९७६ मा मराठी फिल्म घासीराम कोतवालबाट करिअर सुरु गरेका उनका भवानी भवानी, सद्गति, अर्धसत्य, मिर्च मसला लगायतका फिल्म चर्चित छन्। पुरीले भारतीय फिल्म मात्र नभई पाकिस्तानी र हलिउडका 'हन्ड्रेड फुट जोर्नी', 'इस्ट इज इस्ट'मा समेत अभिनय गरिसकेका छन्।

पद्मश्री अवार्ड पाइसकेका पुरीको सन् १९५० अक्टोबर १८ मा भारतको हरियाणामा जन्म भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell