PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

तेह्रथुम संक्रान्ति बजारका आगलागी पीडितलाई सहकारीले दियो सहयोग



पहिलोपोस्ट

तेह्रथुम : तेह्रथुमको आठराई संक्रान्तिबजारका अग्निपीडितका लागि मोरङको विराटचोकको तीनजुरे बचत तथा ऋण सहकारी संस्थाले नगद रु ६० हजार राहत सहयोग गरेको छ।
 
सहकारीका उपाध्यक्ष मोहनप्रसाद रिमालसहितको टोलीले बिहीबार तेह्रथुम सदरमुकाम म्याङलुङबजार पुगेर राहतबापतको रकम प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेलाई हस्तान्तरण गरेको हो।
 
सो रकम ‘संक्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’ मा जम्मा गरिएको छ।
 
सहकारीका प्रत्येक सेयर सदस्यबाट रु १०० सङ्कलन गरी राहत उपलब्ध गराइएको उपाध्यक्ष रिमालले जानकारी दिए।  सो सहकारी संस्थामा तेह्रथुममा जन्मिएर मोरङको बेलबारी, विराटचोक र सुन्दरदुलारी क्षेत्रमा बसोबास गर्ने ७०० जना सेयर सदस्य रहेका छन्।
 
यसअघि, मोरङकै बेलबारी र कोसी हरैँचा उद्योग वाणिज्य सङ्घलगायत सङ्घसंस्थाबाट पनि सङ्कलित रु एक लाख ३२ हजार राहत सहयोग उपलब्ध गराइएको थियो।
 
कोषमा हालसम्म करिब रु १५ लाख रकम जम्मा भइसकेको छ भने संक्रान्तिबजार पुनःनिर्माणका लागि कांग्रेस नेतृ तथा सांसद सीता गुरुङले रु १५ लाख र प्रधानमन्त्री पुष्पकमल दाहालले राहत कोषबाट रु एक करोड दिने घोषणा गरेका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell