PahiloPost

Jun 24, 2025 | १० असार २०८२

चुचुरे जलविद्युत आयोजनाको ९० प्रतिशत काम सकियो



पहिलोपोस्ट

रामेछाप : रामेछाप जिल्लाको चुचुरे–२ मा बन्न लागेको २.८३ मेगावाटको जलविद्युतको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका लेखा प्रमुख दिलु कार्कीका अनुसार आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ।
 
चाके खोलाको पानीलाई चुचुरे वडा नं २, ३ र ४ हुँदै पाँच किलोमिटर पाइपलाइन बिछ्याइसकिएको छ भने चुचुरे–२ मा विद्युत् प्रसारण गरिने घर समेत बनिसकेको छ । २.८३ मेगावाट क्षमताको विद्युत् प्रसारणलाई केन्द्रीय जलविद्युत्सँग जोड्नलाई तार लाइन दोलखाको जिरीसम्म पु¥याइ सकिएको छ। 

विद्युत् प्रवाह हुँदा रामेछापको चुचुरे गाविसका १, २ र ३ वडाका नागरिकलाई सामान्य सेवा पुग्नुका साथै केन्द्रीय लाइनमा विद्युत् थपिएसँगै यो क्षेत्रमा विद्युत् थप भई विद्युत्भार कटौती नहुने आयोजनाले जनाएको छ। 

स्वदेशी लगानीमा निर्माण भइरहेको जलविद्युत् आयोजना रु ५० करोडको लागतमा सम्पन्न हुने भएको छ भने यसको लगानी चुचुरेका स्थानीयवासी, दोलखाका श्यामावासी र क्षेत्र नम्बर २ रामेछापका सांसद आङटावा शेर्पालगायतको रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell