PahiloPost

Jun 24, 2025 | १० असार २०८२

९ लाख रुपैयाँको लागतमा बन्यो किराँती राजा यलम्बरको सालिक



पहिलोपोस्ट

९ लाख रुपैयाँको लागतमा बन्यो किराँती राजा यलम्बरको सालिक

दमक : झापाको दमक–१० मा किरातका प्रथम राजा यलम्बरको सालिक निर्माण गरिएको छ।
 
यलम्बर चोकका करिब रु नौ लाखको लागतमा यलम्बरको पूर्णकदको पक्की सालिक स्थापना गरिएको हो। २०४७ सालमा यलम्बर चोक भनी नामकरण गरिएको सो स्थानमा पाँच फिट सात इन्च अग्लो सालिक बनेको हो।
 
यलम्बर सालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिलाल राईले ५०७७ औँ यले संवतको अवसर पारेर आउँदो माघ १ गते सालिक अनावरण गर्ने कार्यक्रम तय भएको जानकारी दिए।
 
 
सालिकमा दमक नगरपालिकाको रु चार लाख ५० हजार लगानी छ भने स्थानीयवासी र विभिन्न दाताबाट रु चार लाख ५६ हजार ७६३ जुटाइएको थियो।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell