
कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा बार्सिलोना एथ्लेटिक विल्वाओसँग पराजित भएको छ। ९ खेलाडीमा झरेर खेलको अन्तय गरेको विल्वाओले बार्सिलोनालाई २-१ ले पराजित गरेको हो।
घरेलु मैदानमा विल्वाओले पहिलो हाफमै २ गोलको अग्रता बनायो। २५ औं मिनेटमा अरिट्ज अडुरिजले गोल गर्दै अग्रता दिलाए भने त्यसको ३ मिनेटपछि इनाकी विलियम्ले गोल गर्दै घरेलु टोलीको अग्रता दोबबर पारे।
पहिलो हाफमा २-० ले पछि परेको बार्सिलोनाका लागि लियोनल मेसीले ५२ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत देखाए। तर त्यसपछि बार्सिलोनाले गोल थप्न सकेन। अन्तिम १६ मिनेट भित्र विल्वाओका दुई खेलाडी रातो कार्डको सामना गर्दै मैदान बाहिरिएपनि बार्सिलोनाले तयसको फाइदा उठाउन सकेन।
विल्वाओका राउल गार्सियाले ७४ औं र एन्डर इटुराव्सेले ८० औं दोहोरो पहेँलो कार्ड पाएका थिए। बार्सिलोना र विल्वाअोबीचको दोस्रो लेगको खेल अागामी बुधबार नोउ म्याम्पमा हुनेछ।