PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

चिसोले कठ्यांग्रिएर ६५ वर्षीय वृद्धको मृत्यु



पहिलोपोस्ट

लहान :  केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहामा एक वृद्धको मृत्यु भएको छ।
 
जाडोबाट कठ्याङ्ग्रिएर सिरहाको धनगढीमाई नगरपालिका–४ जयपुर निवासी ६५ वर्षीय रामनाथ यादवको विहिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
 
जिल्लाकै सन्हैठ–२ स्थित पुरानो घरबाट नयाँ घर जयपुर जाने क्रममा अत्यधिक जाडोले कठ्याङ्ग्रिएर बरीयारपट्टि चोकमा यादवको मृत्यु भएको प्रहरी चौकी बरीयारपट्टिका प्रहरी सहायक निरीक्षक दिलबहादुर दनुवारले जानकारी दिए।
 
जाडोका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ। चिसोका कारण स्वास्थ्य संस्थामा निमोनिया, श्वासप्रश्वास, टाइफाइड, रुघाखोकी र कोल्ड डाइरियाका बिरामीको चाप बढ्न थालको छ।
 
चिसोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell