
'युईएफए टिम अफ दि इअर'को घोषणा भएको छ। क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र एन्टोनी ग्रिजमनसहित ला लिगाबाट ८ खेलाडीले स्थान बनाउँदा प्रिमियर लिगबाट भने कुनै पनि खेलाडी परेनन्।
ला लिगा बाहेक इटालियन सिरी ए बाट २ र जर्मन बुण्डेसलिगाबाट १ खेलाडी पर्न सफल भएका छन्।
युईएफए टीम अफ दि इअरमा रियल मड्रिडबाट रोनाल्डोसहित, लुका मोडरिक, टोनी क्रुस र सर्गियो रामोस गरी सबैभन्दा धेरै ४ खेलाडी परेका छन् भने बार्सिलोनाबाट मेसीसहित आन्द्रेज इनेस्टा र जेरार्ड पिके छन्।
यस्तै इटालियन क्लब युभेन्ट्सबाट गोलरक्षक जियानलुजी बफोन र लियोनाड्रो बोनुची छन्। एथ्लेटिको मड्रिड र वायर्न म्युनिखबाट समान १/१ खेलाडी छन्।
युरोप, एसिया लगायत युईएफए युजरहरुको भोटका आधारमा उत्कृष्ट टीमको छनोट गरिएको हो।