
अष्ट्रेलिया क्रिकेटर डेविड वार्नरले टेष्ट क्रिकेटमा दोस्रो तिव्र अर्धशतक बनाएका छन्। पाकिस्तान विरुद्ध सिड्नीमा भइरहेको तेस्रो टेष्टको दोस्रो इनिङ्समा वार्नरले २३ बलमै अर्धशतक प्रहार गरेका हुन्।
वार्नरले यासिर शाहको एकै ओभरमा २२ रन प्रहार गरेका थिए। वार्नरले २३ बलमा ७ चौका र ३ छक्काको मद्वतमा अर्धशतक पुरा गरेका हुन्। वाहव रियाजको बलमा बोल्ड हुनुअघि उनले २७ बलमा ५५ रन बनाए।
यसअघि सन् २०१४ मा पाकिस्तानकै मिस्वा उल हकले २१ बलमै टेष्टमा अर्धशतक बनाउँदै रेकर्ड कायम गरेका थिए।
वार्नरले मिस्वा उल हकको रेकर्ड तोड्न नसकेपनि टेष्ट क्रिकेटमा सबैभन्दा थोरै बलमा अर्धशतक प्रहार गर्ने अष्ट्रेलियन खेलाडीले रेकर्ड तोडेका छन्। यसअघि सन् १९७७ मा अष्ट्रेलियाका ब्रुस याड्लीले २९ बलमा अर्धशतक प्रहार गरेका थिए।
वार्नरसँगै दोस्रो इनिङ्समा कप्तान स्टिभ स्मिथ र उस्मान खवाजालो पनि अर्धशतक बनाएपछि अष्ट्रेलियाले दोस्रो इनिङ्स २४१/२ मा डिक्लेर गर्दै पाकिस्तानलाई जितका लागि ४६५ रनको टार्गेट दिएको छ। स्मिथले तिव्र ब्याटिङ गर्दै ४३ बलमा ५९ रन बनाए भने ९८ बल खेलेका खवाजा ७९ मा नटआउट रहे। पिटर ह्याण्ड्सकम्ब ४० रनमा नटआउट रहे।