PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

ऊर्जामन्त्री भन्छन्- 'झोलामा राख्नका लागि मात्र विद्युत लाइसेन्स बिक्री गरिन्न'



पहिलोपोस्ट

ऊर्जामन्त्री भन्छन्- 'झोलामा राख्नका लागि मात्र विद्युत लाइसेन्स बिक्री गरिन्न'

चितवन : ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत् लाइन पुगेको ठाउँलाई लोडसेडिङ्मुक्त गर्न मन्त्रालय प्रयासरत रहेको बताएका छन्।
 
प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रशारण लाइन नपुगेका ठाउँमा विद्युत् विस्तार कार्यलाई पनि तीव्रता दिइएको बताए।
 
मन्त्री शर्माले काठमाडौँ, पोखरा, विराटनगर लगायतका ठाउँमा लोडसेडिङ् नभएको भन्दै अन्य क्षेत्रमा पनि दुई घन्टाको हाराहारीमा मात्र लोडसेडिङ् रहेको जानकारी दिए। लोडसेडिङ् कम गर्न असहयोग गर्नेमाथि अनुसन्धान भइरहेको बताउँदै उनले आन्तरिक रुपमा काम भइरहेकाले के–कति कारबाहीमा पर्छन् अहिले नै भन्न नसकिने धारणा राखे।
 
झोलामा लाइसेन्स राख्ने परम्पराको अन्त्य गरी लाइसेन्स बिक्री गर्न नपाउने व्यवस्था गरिएको जानकारी दिँदै मन्त्री शर्माले भने, 'जसले काम गर्छ, उसले मात्र लाइसेन्स पाउँछ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell