PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

अविवाहित युवतीले आफूले जन्माएको शिशुको हत्या गरिन्



पहिलोपोस्ट

ललितपुर : एक अविवाहित युवतीले आफूले जन्माएको शिशुलाई शौचालयमा लगेर ब्लेडले घाँटी काटी हत्या गरेको प्रहरीले बताएको छ। 
 
सिन्धुपाल्चोकको इर्खु गाविस घर भएकी करिब १८ वर्षकी अनिषा तामाङले आफन्त र समाजले थाहा पाउने डरले एक हप्ताअघि शिशुको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ। केही समयसमयदेखि उनी दिदी-भिनाजुसँगै बस्दै आएकी थिइन्।
 
अनिषाको नातामा दाजु पर्ने कृष्णबहादुर तामाङलाई पनि सो घटनामा सहयोग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। दुवै जनाले प्रहरीसमक्ष अभियोग स्वीकार गरिसकेका चापागाउँस्थित महानगरीय प्रहरीवृतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell