PahiloPost

May 14, 2025 | १ जेठ २०८२

दोस्रो रुस्लान कप क्रिकेट पुस २६ देखि, १६ टीमको सहभागिता



पहिलोपोस्ट

दोस्रो रुस्लान कप क्रिकेट पुस २६ देखि, १६ टीमको सहभागिता

काठमाडौं : रुस्लान कप क्रिकेटको दोस्रो संस्करण यही पुस २६ गते मंगलबार देखि शुरु हुने भएको छ। काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर केसीटीसीको आयोजनामा हुने प्रतियोगितामा देशभरबाट कूल १६ टीमको सहभागिता हुने आयोजकले बताएको छ। जसमा तीन विभागीय क्लब आर्मी, एपीएफ र पुलिस लगायतका टीमहरु छन्।

सहभागी १६ टीमलाई ८ समूहमा विभाजन गरी खेलहरु खेलाइनेछ। माघ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

खेलहरु टी २० फर्म्याटमा खेलाइने प्रतियोगिताको टाइसिट ड्र पुस २४ गते हुनेछ। फाइनल खेलको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने आयोजकले बताएको छ।

प्रतियोगितामा सहभागी टीमहरु

  • नेपाल आर्मी
  • सशस्त्र प्रहरी बलको एपीएफ
  • नेपाल पुलिस
  • खहरे क्रिकेट क्लब,धादिङ
  • पीसी फाइटर ११
  • रोएल पीसि फाइटर
  • अनुभूति एजुकेशन फाउण्डेसन, वीरगन्ज
  • हिमालयन क्रिकेट एकेडेमी
  • एसपीए, धनगढी
  • न्यु राइजिङ स्टार
  • न्यु होराइजन क्रिकेट क्लब, भैरहवा
  • कुलेश्वर क्रिकेट क्लब
  • रुस्लान केसीटीसी
  • नेपाली राइनोज
  • हिमालयन ह्वाइट हाउस कलेज
  • नेपाल क्रिकेट स्कुल

प्रतियोगिताको विजेताले नगद ३ लाख पुरस्कार ट्रफीसहित मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले २ लाख हात पार्नेछ। सेमिफाइनलिस्ट दुई टीमले नगद २५/२५ हजार प्राप्त गर्नेछन्।

यस्तै म्यान अफ दी सिरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, प्रत्येक खेलको म्यान अफ दि म्याच लगायत अनय विभिन्न विभाको विजेतालाई गिफ्ट ह्याम्पर लगायतको आकर्ष पुरस्कार रहेको छ।

म्यान अफ दी सिरिजलाई काठमाडौं बैंकक काठमाडौंको फ्लाइ टीकेट तथा बेस्ट ब्याट्सम्यान, बेस्ट बलर माउण्टेन फ्लाइटको टीकेट प्रदान गरिने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell