PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बाबुरामको आरोप प्रचण्डलाई, लेख्छन्- 'क्रान्तिका नवधनाढ्य ठेकेदार'



पहिलोपोस्ट

बाबुरामको आरोप प्रचण्डलाई, लेख्छन्- 'क्रान्तिका नवधनाढ्य ठेकेदार'

काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ठेकेदारको आरोप लगाएका छन्। पुनर्निर्माण प्राधिकरणको सिइओ फेर्ने कसरतमा सरकार रहेका बेला भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीमाथि रोष प्रकट गरेका हुन्।
 
'आठ लाख घरपरिवार सडक/गोठ/छाप्रामा चिसो हिउँदको कहर खेप्न बाध्य छन्,' उनले लेखेका छन्, 'सरकारको कुर्सीमा बसेका लोकतन्त्रका खानदानी ठेकेदारदेखि क्रान्तिका नवधनाढ्य ठेकेदारसम्म विदेशीले नेपाली जनताकै टाउकामा बोकाएको थप ऋणको भारी र केही दानदातव्यको रकम बाँड्ने 'आफ्ना मान्छे' फेर्ने कचिंगलमै मस्त छन्।'
 
उनले अहिले आफू अनुकूलको प्राधिकरणको सिइओ फेर्ने नाटक मञ्चन भइरहेको बताएका छन्। उनले नेताहरुको भागबण्डाको कठपुतली जस्तो प्राधिकरण बनेको पनि उनले टिप्पणी गरेका छन्।
 
समस्या प्राधिकरणका व्यक्ति विशेषको नभई संरचनाको प्राधिकरणको हैसियतको भएको उल्लेख गर्दै भट्टराईले प्राधिकरणको ऐन संशोधन गरेर अधिकारसम्पन्न अर्को प्राधिकरण गठन नगर्दासम्म समस्या समाधान नहुने तर्क पनि गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell