PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

राप्रपाले आगामी महाधिवेशनमा समावेशी अधिकार सुनिश्चित गराउने



पहिलोपोस्ट

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी महाधिवेशनमा समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
 
राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले पेस गरेको प्रस्तावमाथि छलफल गर्दै पार्टीलाई समावेशी ढङ्गले अगाडि बढाउनेबारे अधिकांश सदस्यले धारणा राखेका थिए।
 
'पार्टीका अधिकांश सदस्यले आगामी महाधिवेशमा महिला, उत्पीडित, जनजाति, मधेसी, मुस्लिमको प्रतिनिधित्वलाई बढाउनुपर्ने धारणा राखेका छन्,' पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।
 
राप्रपाको महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय यसअघि नै भइसकेको छ।
 
यस्तै बैठकमा संविधान संशोधन, तीन तहको निर्वाचन, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell