
बैँकक : दक्षिणी थाइल्याण्डमा अविरल वर्षा र बाढीका कारण ६ जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण उडान सेवाहरु समेत ढिला भएको अधिकारीहरुले जानकारी दिएका छन्।
एक हप्तायता जारी भारी वर्षा र त्यसपछि आएका बाढीको कारण दक्षिणी थाइल्याण्डको नौ वटा प्रान्त प्रभावित भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। सो प्रकोपमा कम्तीमा १ लाख २० हजार घरपरिवार प्रभावित भएको मन्त्रालयले जनाएको छ।
यो बाढी र वर्षा एक दशकयताकै ठूलो रहेको दक्षिण थाइल्यान्डको समुइमा रहेको एक गेस्ट हाउसका मालिक बताए।रासस/एएफपी