PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

घरैअगाडि जंगली हात्तीले आक्रमण गर्दा वृद्धको मृत्यु



पहिलोपोस्ट

उर्लाबारी (मोरङ) : मोरङसँग सीमा जोडिएको इलामको साकफारामा जङ्गली हात्तीको आक्रमणबाट आज दिउँसो एक वृद्धको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा साकफारा– २ का ८४ वर्षीय जयबहादुर लिम्बू रहेको मधुमल्लास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेश वान्तवा राईले जानकारी दिए।
 
लिम्बूलाई आज बिहान आफ्नै घरअगाडिको बाटोमा हिँड्दै गर्दा जङ्गली हात्तीले आक्रमण गरेको थियो। गम्भीर घाइते भएका उनलाई उर्लाबारीस्थित अरनिको अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell